ईलाम समाज बेलायतको सातौ बार्षिक साधारण सभा सम्पन्न

सन २०२४, २७ तारिक सनिबार Aldershot को Empire Hall मा ईलाम समाज वेलायतको सातौ कार्यसमितिको पहिलो बार्षिक साधारण सभा सम्पन्न गराएका छन् । ईलाम समाज बेलायतको सातो बार्षिक साधारण सभा श्री टेकबिर राईको अध्यक्षतामा बसि सल्लाहकारहरू कमल राई र राजेन्द्र राई साथै अध्यक्षको बाहुलीबाट दिप प्रज्वलन गरि बार्षिक साधारण सभा शुरू गरिएको थियो । भने स्वागत मन्तब्य कार्यसमितिको उपाध्यक्ष धन बा. राई ज्यूले दिनु भएको थियो । स्वागत मन्तब्य दिनु हुदै सभामा उपस्थित सल्लाहकार, कार्यसमितिको पदाधिकारी ज्यूहरू साथै ईलाम समाजका सदश्याहरूलाई गरिमामय उपस्थितिको लागि धन्यबाद साथै स्वागत ब्यक्त गर्नु भयो । यसै बार्षिक सभामा यसै बर्ष दिवांगत भएका सदश्य श्री केशर पान्डे ज्यूका धर्मपत्नी को निधन भएकोले प्रति एक मिनेट मौनधारण गरिएको थियो । यसै क्रममा महासचिव यम गुरुङ ज्यूले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष घनश्यम गुरुङले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यसै शिलशिलामा ईलाम फुटबल टिम च्यरीटि खेलको लागि नेपाल जाने र गजाधर-धनमाया रंगशाला”सन्दकपुर गाउँ पालिका ५,जमुना लाई च्यरिटी दिईने निर्णय संगै खेलकुद संयोजक धन राईले च्यरिटीको बिषयमा प्रस्ट पारेका थिए । अध्यक्ष श्री टेक बिर राईले अन्य विषयमा बोल्दै नया कार्यसमितिको बर्ष दिन सफल रहेको र यसमा सम्पूर्ण कार्यसमिति र संस्थाका सदस्यहरुको सदभावपूर्ण सहयोग प्रति आभार ब्यक्त गरेका थिए । आगामी दिनमा यस कार्यसमितिले अझ सशक्त ढंगले संस्थालाई अगाडि बढाउनेमा आफू विस्वस्त रहेको राईले अभिब्यक्ति दिएका थिए । त्यसपछि उक्त बार्षिक साधारण सभा समापनसंगै द भ्बाईस अफ नेपाल सिजन ५ का बिजेता बिनोद राईलाई ईलामले एक हुनहार प्रतिभा पाएको र ईलामको ईतिहास रच्न सफल भएकोमा खदा ओडाई सम्मान पत्र हस्तान्त्रण गर्नुहुदै बधाई दिएका थिए । यस बार्षिक साधारण सभामा अध्यक्ष श्री टेक बिर राई, उपाध्यक्ष धन बा. राई, महासचिव यम गुरुङ, कोषाध्यक्ष घनश्यम गुरुङ, सल्लाहकारहरू कमल राई र राजेन्द्र राई, खेलकुद संयोजक धन राई, खेल सह संयोजक लेकराज राई, सचिव ईन्द्र राई, वेबमास्टर चोक गुरुङ, सदस्यहरू धन बा. गुरुङ,गीता गुरुङ, अर्पना गुरुङ, मान बा. राई, तारा राई, बेनु राई, दिपेन गुरुङ, प्रमिला लाबुङ राई, शर्मिला राई र कृष्ण बिर तामाङ उपस्थित हुनु भएको थियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *