बेलायत, इलाम समाज बेलायतद्वारा आयोजना गरिँदै आएको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न हुने भएको छ । आगामी २५ जुलाई २०२६, शनिबार, अल्डरसटस्थित एम्पायर हलमा दिउँसो १ बजेबाट बेलुका ८ बजे सम्म कार्यक्रम आयोजना गर्ने भएको छ । यस कार्यक्रममा इलामका छिमेकी जिल्लाका बिशिष्ट ब्यक्तित्व तथा विभिन्न संघसंस्थाहरूलाई समेत विशेष निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । ‘द भ्वाइस किड्स’ मार्फत सांगीतिक क्षेत्रमा परिचित गायिका रूक्सना लिम्बू, चर्चित नृत्यकार शिवदास गुरुङ तथा गायक एवं संगीतकार चोक गुरुङको विशेष प्रस्तुति रहनेछ । यसरी नै बेलायत बासी ईलामेली कलाकारहरूको पनि बेजोड प्रस्तूति हुनेछ ।
यसका साथै, विगतका वर्षहरूझैँ यस वर्ष पनि बेलायतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने इलामेली विद्यार्थीहरू तथा सैनिक सेवामा उल्लेखनीय सफलता हासिल गरेका इलामेली व्यक्तित्वहरूलाई विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।
इलाम समाज बेलायतले बेलायतमा बसोबास गर्दै आएका सम्पूर्ण इलामेली समुदाय तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आपसी सद्भाव, एकता र भाइचारालाई अझ सुदृढ बनाउन आग्रह गरेको छ ।
चोक गुरुङ महासचिव इलाम समाज बेलायत ।