११ अप्रिल २०२६, अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको सातौं अधिवेशनले धनबहादुर राईको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चगन गरेको छ । धनबहादुर राई यसअघि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । नवगठित कार्यसमितिका उपाध्यक्षमा कृष्णवीर तामाङ, मेजर नवल किरण याखा र मिना गुरुङ, त्यसरीनै महासचिव चोक गुरुङ, सचिव इन्द्रबहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई चुनिनु भएको छ ।
यस्तै खेल संयोजक लेखराज राई, जनसम्पर्क/मिडिया संयोजक प्रेमबहादुर राई चयन भएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिकी संयोजक प्रमिला लाबुङ राईले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो ।
नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्वअध्यक्ष प्रमिला लाबुङ राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा रमेश बुर्जा सदस्य सचिव र मानबहादुर राई सदस्य रहनुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष टेकवीर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष धनबहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाएर लैजाने प्रतिबद्धता जनाउनुभयो ।
यसअघि उद्घाटन सत्रमा अध्यक्ष टेकबीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष धनबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्वअध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा महासचिव याम कमल गुरुङले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफल पछि दुवै प्रतिवेदन पारित भएको इलाम समाज बेलायतले जनाएको छ ।
चोक गुरुङ
महासचिव
इलाम समाज बेलायत।