२५ जुलाई, बेलायतमा बसोबास गरिरहेका इलामेलीहरूलाई आफ्नो आफन्तहरू संग भेटघाट साथै नया भाबि पिडिहरूलाई सस्कार सस्कृति चिनाउने उध्देश्यले इलाम समाज यूकेद्वारा आयोजित वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम २५ जुलाई २०२६, शनिबार, अल्डरसटस्थित एम्पायर हलमा दिउँसो २:३० बजेबाट बेलुका ८ बजे सम्म कार्यक्रम सम्पन्न भएको थियो । समाजका अध्यक्ष धन बा. राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन आर एन ए यूकेका अध्यक्ष प्रेम गाहा मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । त्यसैगरी बिभिन्न संघ सस्थाबाट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा समाजको उपाध्यक्ष श्री कृष्ण बिर तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदै कार्यक्रममा उपस्थित अतिथिहरू र सम्पूर्णलाई कार्यक्रममा स्वागत ब्यक्त गर्नु भएको थियो । त्यसपछि समाजका निबर्तमान अध्यक्ष टेक बिर राईले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासमा समाजले नेपाली भाषा, कला, संस्कृति तथा पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो । उहाँले समाजले गर्दै आएका रचनात्मक गतिविधिको प्रशंसा गर्दै नया कार्यसमितिलाई बधाई दिदै आगामी दिनमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अथिति एन आर एन ए यूकेका अध्यक्ष प्रेम गाहा मगरले शुभकामना  मन्तव्य राख्दै इलाम समाज यूकेले प्रवासमा रहेका इलामेलीहरूलाई एकताबद्ध बनाउने, आपसी सहयोग र सद्भाव बढाउने तथा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यका साथ निरन्तर क्रियाशील रहेको बताउनुभयो । इलाम अ नै अले परिचित साथै एक प्रटकिय क्षेत्र भएको पनि बताउनुभयो । उहाँले आगामी दिनमा समाजले अझ सशक्त र प्रभावकारी बनाउँदै लाने छ भन्ने बिश्वास पनि व्यक्त गर्दै नया कार्यसमितिलाई शुभकामना दिनु भयो ।

औपचारिक कार्यक्रमकै क्रममा बृटिस सेनामा कार्यरत दिनेश राईलाई क्याप्टन जस्तो गरिमामय पदमा पदोउन्नति हुनुभएकोमा बधाई दिदै सम्मान गरेको थियो । यसरीनै निवर्तमान अध्यक्ष टेक बिर राई र पूर्व अध्यक्ष प्रमिला लाबुङ राईलाई बिगत लामो समय देखि सस्थाप्रति खेल्नु भएको भुमिकाको उच्च कदर गर्दै सम्मान गरेको थियो ।  र बेलातबाट उच्च शिक्षा हासिल गरेकी निकाशा देवानलाई समाजले विशेष सम्मान गरेको थियो ।

औपचारिक कार्यक्रमको समापनमा समाजका अध्यक्ष धन बा राईले प्रमुख अतिथि, विशिष्ट अतिथि, कलाकार, सम्मानित व्यक्तित्व, स्वयंसेवक, सहयोगी तथा कार्यक्रममा सहभागी सम्पूर्ण इलामेली समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै क्रममा सस्थाले स्थापना कालदेखि गरिदै आएको उपलब्दिहरूको बिषयमा प्रस्ट पार्नुका साथै यस कार्यक्रम आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा बार्शिक कार्यक्रमलाई निरन्तरता दिदै अझ शसक्त बनाएर लाने विश्वास व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

पहिलो चरणको औपचारिक कार्यक्रमको सञ्चालन समाजका महासचिव चोक गुरुङले गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई व्यवस्थित, रोचक र प्रभावकारी ढंगले सञ्चालन गर्नुभएको थियो भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको सञ्चालन भने शशिर गुरुङले गर्नुभएको थियो ।

सांस्कृतिक कार्यक्रममाको शुवात निवर्तमान अध्यक्ष टेक बिर राईज्यूले समधुर बासुरीको धुन र उहाको गायन र गायक शशिर गुरुङले गिटारको धुन र गायनले उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध बनाएका थिए । त्यसरी नै नेपालबाट आएका र विशेष आकर्षणका रूपमा द भ्वाइस अफ किड्स नेपालकी फाईनलिस्ट रूक्सना लिम्बू र गायक तथा सन्चारकर्मी राजेन्द्र केरूङले आफ्नो सुमधुर स्वरबाट गायन प्रस्तुत गर्दै उपस्थित दर्शकको भरपुर प्रशंसा बटुल्नुभयो । उहाँहरूको प्रस्तुति कार्यक्रममा सहभागी सबैका लागि विशेष आकर्षण बनेको थियो । कार्यक्रममा गायक तथा संगीतकार चोक गुरुङले आफ्नो संगीत रचना र गायनमा रहेको गीतहरूको प्रस्तूतिले कार्यक्रमको माहोल भब्य बनाएको थियो । यस अवसरमा द भ्वाइस अफ किड्स नेपालकी फाईनलिस्ट रूक्सना लिम्बुलाई सम्मान पत्रले र राजेन्द्र केरूङलाई खदा र मायाको चिनोले विशेष सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा उपस्थित सहभागीहरूले यस्ता भेटघाट तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा बसोबास गरिरहेका इलामेली लगायत नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम सफल बनाउन विभिन्न स्वयंसेवक तथा सहयोगीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको प्रमुख संसोजक लाल गुरुङले सम्हाल्नु भएको थियो । गेट टिकट व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष डम्बर राई र सह-कोषाध्यक्ष धन (असोक) राईले सम्हाल्नुभएको थियो । त्यसरी नै खाना ब्यवस्थापनमा सचिव ईन्द्र राई र खेलकुद संयोजक लेखराज राई , अथिति सत्कारका लागि उपाध्यक्षहरू नवल किरण याखा र मिना गुरुङले सम्हाल्नु भएको थियो । त्यसरी नै मनोरन्जानात्मक खेल राफल ड्रको सन्चालन यूथ कोडिनेटर बानु राई र सह कोडिनेटर स्वेच्छा राईले अत्यन्तै रोचकका साथ खेलाएका थिए ।

अन्त्यमा उपस्थित इलामेलीहरूको जादुमय नृत्य संगै आगामी कार्यक्रम २६ जुन २०२७ को दिन स्यान्डर्समा हुने सुचना दिदै कार्यक्रम समापन भएको थियो ।

     चोक गुरुङ

   महासचिव

इलाम समाज बेलायत ।