बाढीपीडितका लागि इलाम समाज बेलायतद्वारा ४ लाखभन्दा बढी सहयोग
लन्डन । रसुवामा हालै गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहतका लागि बेलायतमा रहेका इलामेलीहरूले मानवीय सहयोगको हात बढाएका छन् ।
इलाम समाज बेलायतको पहलमा संकलन गरिएको रु. ४,०३,५८७ (चार लाख तीन हजार पाँच सय सतासी रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
रसुवामा आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याई कैयौँ परिवार घरबार विहीन भएको खबरले सम्पूर्णलाई अत्यन्त भावुक बनायो सोही पीडामा ऐक्यबद्धता जनाउँदै समाजले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको हो ।
समाजको आह्वानमा बेलायतका विभिन्न शहरमा बसोबास गर्दै आएका इलामेली सहयोगी मनहरूले आफ्नो सोईच्छाले सहयोग गरेका थिए । अभियान मार्फत संकलित रकम £१,९९५ लाई £१ बराबर रु. २०२.५० को विनिमय दरमा रूपान्तरण गरी दमन्ती कुमारी गुरुङ मार्फत प्रभु बैंकबाट प्रधान मन्त्री राहत कोषमा जम्मा गरिएको समाजका महासचिव चोक गुरुङले बताउनु भयो ।
विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा सकेको सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो । बेलायतमा रहे पनि मातृभूमिमा परेको दुःखमा साथ दिन सकिन्छ भन्ने भावनाका साथ हामीले यो अभियान सञ्चालन गरेका हौँ, समाजका अध्यक्ष धन बा. राईले भन्नुभयो ।
संकलित रकम सम्बन्धित निकायमार्फत छिटोभन्दा छिटो प्रभावित परिवारसम्म पुगेर राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने विश्वास समाजले लिएको छ । यस पुण्य अभियानमा बेलायतका विभिन्न क्षेत्रबाट समाजका ४१ व्यक्ति तथा परिवार सहभागी भएका थिए । सबैले आफ्नो क्षमताअनुसार £५ देखि £११० सम्म सहयोग गर्नुभएको थियो ।
सहयोग गर्ने दाताहरूमा कृष्णबीर तामाङ £५१, नवल किरण याखा £५१, रमेश र प्रनिता गुरुङ £५१, उमाकान्त र रुकु गुरुङ £५१, प्रेम र प्रमिला राई £५१, चोक र प्रभा गुरुङ £५१, कुमार र ममता ठकुरी £५१, मान र सपना राई £५१, सुकराज र रमा राई £५१, इन्द्र र दुर्गा राई £१००, लोचना र हेम £५१, धन र तारा राई £१०१, बिनु सुब्बा राई £५१, चण्डिका र लक्ष्मी कुमार राई £११०, होमेन्द्रपुम राई £५०, पुष्पा बुर्जा £५१, याम राई (६७८०६) फिक्कल £५१, लाल र निर्माया गुरुङ £५१, उषा र इन्द्र कुमार राई £३१, धन र गिता गुरुङ £५०, काइजन राई £५१, कृष्ण देवान £३१, राजेन्द्र राई £५१, बिष्णु गुरुङ £५१, घनश्याम गुरुङ £५०, टेक र शर्मिला राई £५१, मीरा गुरुङ लिड्स £५०, गुमराज (रोशन) राई £४१, धन र शोभा राई £५१, डम्बर र पाल्मु राई £३१, याम (कमल) र अर्पना गुरुङ £१२, किशोर मुखिया £५, रुपा लिम्बु £२०, निर्मला गुरुङ डार्टफोर्ड £२१, खगेन्द्र राई £५१, लोक जाबेगु £४१, खड्गा लुङ्गेली £४१, निर्मल देवी लिम्बु £५५, सुरेन्द्र राई £४५, कमल राई (७११९) £४५, दिलु राई £४५ गरी जम्मा £१,९९५ उठेको थियो । १= २०२.५० को दरले दुई पटक गरी बैकमा लगाईएको थियो ।
इलाम समाज बेलायतले विगतदेखि नै सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका खेल्दै आएको छ । मातृभूमिमा आइपर्ने हरेक प्राकृतिक विपत्ति र आपत्कालमा प्रवासी नेपालीहरूको सामूहिक भावनालाई जोड्दै सहयोग गर्दै आएको छ । समाजले भनेको छ – “यो सहयोग रकम मात्र होइन, ‘तपाईंहरूको दुःखमा हामी पनि साथमा छौँ’ भन्ने मानवीय सन्देश हो।” अन्त्यमा, अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण दाता, समाजका सदस्य तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सबैप्रति समाजले हार्दिक आभार व्यक्त गरेको छ ।

चोक गुरुङ
महासचिव
इलाम समाज बेलायत ।