बेलायत, २६ जुलाई २०२५ शनिबार इलाम समाज बेलायतद्धारा आयोजीत बार्षिक भेटघाट कार्यक्रम भब्य रूपमा २०० भन्दा बढि उपस्थिति माझ सम्पन्न भएको छ । अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा नेपालबाट आउनु भएको कलाकारहरू गायक पुजन प्रदान र दिपक लिम्बुको उपस्थितिले भेटघाट कार्यक्रम अझ रोमान्चक भएको थियो ।
डा. नवल किशोर राई प्रमुख आतिथि रहेको कार्यक्रममा बेलायतको बिभिन्न बिश्वबिध्यलयहरूबाट उच्चशिक्षा हासिल गर्नुहुने बेलायतमा बसोबास गर्दै आउनु भएका ईलामेली छोरा छोरीहरूलाई खदा ओढाई प्रशांस प्रत्रले डा. सुप्रिना राई, पियूस गुरूङ, सोफिय राई, मार्था राई, सुभाशेह श्रेष्ठ, कृतिका गुरूङ, अन्मोल हाङ याक्खा, अदिप खिम्बुहाङ राई, प्रतिक्षा लिम्बु, प्रतिक लिम्बु , युङना पुलामी, रोशन राई र रोनिशा राईलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आतिथि डा. नवल किशोर राईले बेलायत भ्रमणको क्रममा यो मेरो तेस्रो पटक हो ईलाम समाज बेलायतको भेटघाट कार्क्रममा आतिथ्या ग्रहण गरेको र आज सम्म आई पुग्दा अत्यन्तै धेरै परिवर्तन पाएको वताए । मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न हुदैन र अब आउने पुस्ताहरूलाई हस्तान्त्रण गर्दै लैजानु पर्छ यो ईलाम समाज बेलायतले गर्दै आएको पाए भन्नु भयो । सम्बोधनको क्रममा डा. नवल किशोर राईले सबैले भाषा, सस्कृति र आफ्नो पनलाई सधै साथ लिएर घर जान अनुरोध गर्नु भयो । यसैगरी प्रमुख अथिति डा. नवल किशोर राई र सभापतिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो भने कार्यक्रममा समाजका उपाध्यक्ष धन राईले स्वागत मन्तब्य दिनु भएको थियो । र पहिलो चरणको कार्यक्रम समाजका महासचिव यम गुरूडले सन्चालन गर्नु भएको थियो।
पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति ईलाम समाज बेलायतका अध्यक्ष श्री टेक बीर राईले नेपालबाट आउनु भएका गायक पुजन प्रदान, गायक दिपक लिम्बु, कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू, आमत्रित बिभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौदिक व्यक्तित्वहरू, पत्रकार तथा ईलामेलीहरू र कार्यक्रमलाई सफल र भब्य पार्न ब्यक्तिव्यक्तित्वहरूले ब्यवस्थापन र प्रायोजन गरेर सहयोग पुर्याई दिनु भएकोमा धन्यवात ज्ञापन साथै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै भेटघाट कार्क्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
दोस्रो चरणमा समाजका वेईवमास्टर चोक गुरूङले नेपालबाट पाल्नु भएका गायक संगीतकार पुजन प्रदान र लोकप्रिय चर्चित गायक दिपक लिम्बुको सम्क्षिप्त परिचय दिनुभई सांगीतिक कार्यक्रमको शुरूवात गर्नु भएको थियो।संगीतिक कार्यक्रमको पहिलो प्रस्तुति समाजका अध्यक्ष टेक बीर राईले ए तुल्सी आगानमा रोपौला बेलको गीत गाएर दर्शक नचाएका थिए । लामो समय देखि गीत संगीतमा लाग्नु भएका गायक तथा संगीतकार पुजन प्रदानले आफनो रचना, संगीत र स्वरमा सजिएको गीतहरू, पर्खिबस मायलु, डाडा पाखा छहराले लगायत ईलाम सम्बन्धि गीतहरू प्रस्तूत गरि उपस्थित दर्शकहरूलाई नचाएका थिए । त्यसरी नै गायक संगीतकार चोक गुरूङले झ्याम झ्याम आखी झ्यालैमा र किताब हेरी पढ्यछु बोलको गीत गाएर दर्शकहरूलाई मनोरन्जन दिलाएका थिए । गायक खड्ग लुडगेलीले आफ्नो कला प्रस्तुत गरि मनोरन्जन दिलाएका थिए भने लोकप्रिय गायक दिपक लिम्बुले माया गर मायालुलाई, सोल्टि आईलभ यू, सिम्पल सिम्पल कान्छिको लगायत आधा दर्जन बढि गीतहरू गाएर उपस्थित सम्पूर्णलाई मनोरन्जन दिलाएको थियो।
ईलाम समाज बेलायतले स्थापनाकाल देखी बेलायतमा प्रत्येक वर्ष भेटघाट कार्यक्रम आयोजना गर्दै आईरेको छ । कार्यक्रममा यूवा सहसंयोजक बानु राईले राफल ड्र खेलाई रमाईले गराएका थिए र रचनाकार उमाकान्त गुरूङले मिडिय कोओडिनेटरको अबिभारा लिएका थिए । अन्त्यमा गायक पुजन प्रदान र गायक दिपक लिम्बुलाई ईलाम समाजको तर्फबाट मायाको चिनोले सम्मान गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।