04:20:00 GMT
News »
ईलाम सोसाइटी बेलायतको साधारण सभा सम्पन्न

स्याण्डहर्स्ट । गत ५ मे, शनिवार स्यान्डहर्स्टस्थित आवल्समूर कम्युनिटी हलमा ईलाम सोसाइटी बेलायतको साधारण सभा सम्पन्न गरिएको थियो । ईलाम सोसाइटी बेलायतको विधानअनुसार प्रत्येक बर्ष कार्य समितिले साधारण सभा आयोजना गरेर विगत तथा चालु बर्षको आर्थिक तथा उल्लेखनिय कार्य प्रगति अनि आगामी कार्य योजनाको बारेमा छलफल गर्ने र विशेष कार्य योजनाहरुको जानकारी गराउने ब्यवस्था छ । ईलाम सोसाटी बेलायतका अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा सम्पन्न यस् कार्यक्रममा वरिष्ठ सल्लाहकार दिलिप कुमार गुरुङलगायत कार्य समितिका पदाधिकारीहरु अनि ईलाम सोसाइटी बेलायतका साधारण सदस्यहरु जम्मा ३० जनाको उपस्थिति रहेको यस् कार्यक्रमका संयोजक सोसाईटीका महासचिव खड्ग राई अनि कोषाध्यक्ष श्रीमती प्रमिला राई रहेका थिए ।


कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई ईलाम सोसाटी बेलायतका अध्यक्ष रमेश गुरुङ जिले स्वागत मन्तव्यले स्वागत गर्दै कार्यक्रमको शुरुवात गरेकाथिए ।त्यसपछि सोसाटीका महासचिव खड्ग राईले कार्यक्रमको मुख्य एजेण्डाहरुको जानकारी गराएपश्चात कोषाध्यक्ष श्रीमती प्रमिला राईले वार्षिक अर्थ विवरण पेश गरेकी थिईन् । त्यसपछि सोसाइटीको ब्रुनाईमा रहेका सदस्यहरुद्वारा प्रस्तावित प्रमुख एजेण्डालगायत संस्थाका विभिन्न विविध कुराहरु अन्य स्थानबाट आएका कार्य प्रस्तावनाहरुमा छलफल गरिएको थियो १ जसमा नेपालमा ईलाम जिल्लाका विभिन्न सामाजिक संस्थालगायत अन्य सेवा समितिहरुसगँ सहकार्य गर्ने अनि ईलामका विभिन्न गाबिसमा अवस्थित स्कुल र अन्य शिक्षण संस्थाहरुलाई सकेसम्म सहयोग गर्ने, असहाय र शारिरिक रुपले असक्षम अनि व्रिदाश्रमहरुको निम्ति कल्याणकारी कोष खडा गर्ने बिषयहरुमा छलफल भएका थिए । हाल स्थानीयको सहयोग र चन्दाबाट संचालित माई ब्रिद्धाश्रमको निम्ति ईलाम सोसाइटीले केही सहयोग जुटाउनको निम्ति आग्रह, प्रस्ताव राख्दै श्रीमती धनसरी राईले उक्त आश्रमको बिषयमा छोटकरी विवरण दिएकिथिईन् । यसबारे सोसाइटीले पूर्ण जानकारी जुटाएर भविष्यमा केही गर्ने कार्यपत्रमा समावेश गरिएको छ ।
 

यसै अवधिमा यस् सोसाइटीको उद्दश्य वार्षिक जमघटमा सिमित रहनु हुन्न अन्य चेतनामूखी र सेवाभावनाको साथमा अघि बढ्नु पर्ने कुरोमा सोससाटीका उपाद्ध्यक्ष राजेन्द्र राई अनि एक अर्का कार्यकारी सदस्य गोपाल गिरीले गम्भीरतापूर्वक जोड दिँदैँ यस्ता कार्यको निम्ति सबै एक भई जुट्नु पर्ने भनाइ ब्यक्त गरेकाथिए ।  हाल यही बेलायतमा रहँदै आइरहेकी एक्ली आमा बिनु सुब्बा राईले केही समय अगाडी नेपालमा रहेका आफ्नो ३ जना नाबालिग नानीहरुलाई यही बेलायतमा ल्याउनको निम्ति सहयोगको आग्रहलाई सोसाइटीका यही बेलायत अनि ब्रुनाईमा रहेका सदस्यहरुबाट संकलित रकम जम्मा घ्२८२४।०२ पाउण्ड स्टर्लिङ यही आउँदो २५ अगस्ट २०१२, शनिवार ईलामे जमघटको सुअवसरमा हस्तान्तरण गर्ने योजना रहेको छ १ स्मरण रहोस्, बिनु सुब्बा राईकी श्रीमानको नेपालमा दुस्खद निधन भएकोले गर्दा उनले आर्थिक सहयोगको निम्ती सोसाइटीसगँ याचना गरेकी थिईन् । यसैगरी पशुपति नगर – ४ निवासी पूर्ण योल्मोको माइली सुपुत्री प्रबिणा योल्मोको बोन ट्युमरको कारण भर्खरै अप्रेसन गरेपश्चात ब्राईटनस्थित आफन्तको घरमा रहँदै आइरहेकी छिन् । अप्रेसनको कारणले गर्दा उनको अवस्था अत्यन्तै नाजुक रहेकोले केही समयको निम्ती लामो यात्रा गर्न नसक्ने अवस्थामा छिन् । २००९ सालमा बेलायतमा स्टुडेन्ट भीसामा आएकी प्रबिणाको आए लगत्तै बिमारीको कारणले निकै दुस्ख झेल्दै आइरहेकी थिईन् १ उनको घरको आर्थिक अवस्था पनि राम्रो नभएको र यही जुनको पहिलो हप्ता भीसाको म्याद सकिने भएकोले सोसाइटीले बिरामी प्रबिणा योल्मोको निम्ती पनि सम्पूर्ण सदस्यलगायत अन्य सम्पूर्ण नेपाली दाजुभाईमा आर्थिक सहयोगको निम्ति आग्रह गरेको छ ।- मुकेश राई, मेस