04:20:00 GMT
News »
कार्तिकेय बालप्रतिभा पुरस्कारबाट १२ बालबालिका पुरस्कृत

१६ असार, काठमाण्डौं । विभिन्न क्षेत्रका प्रतिभावना १२ जना बालबालिकालाई कार्तिकेय बालप्रतिभा पुरस्कार कोषले पुरस्कृत गरेको छ । कोषको १० औं बाषिर्क उत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा गायनमा उत्कृष्ट हुने पोखराकी दृष्टिबिहिन बालिका सरिता अधिकारी रहेकी छन् ।त्यस्तै पुरस्कृत हुनेहरुमा भक्तपुरका महेश भट्टराई, पर्वतका सुयोशा आचार्य, मकवानपुरका धर्मेन्द्र पाण्डे, रामेछापका टीकाराज मानन्धर, धादिङकी अनिता सेढाई, काभ्रेका नारायण थापा, रौतहटकी सरिता मुखिया, नुवाकोटकी प्रनिशा शर्मा र अमेरिकामा रहेका हिमाँशु निभा कुँवर रहेका छन् । त्यस्तै दृष्टिबिहिन सुर्खेतकी सरिता सरिता अर्याल र काठमाण्डौंका राहुल भूजेल दुईजनाले प्रारम्भ बालप्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।
प्रयास नेपाल र कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको संयुक्त आयोजनामा भएको कार्य उत्कृष्ट प्रतिभा सरिता अधिकारीलाई दश हजार नगद र अन्य सवैलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरु रन्जुश्री पराजुली, ललिता दोषी, महेश पौड्याल, छायादत्त न्यौपाने, ऋषिराम पाण्डे, गरिमा जोशी, विनिषा महर्जन, युवराज रायमाझी, रामदेव पाण्डे, अन्जना राजवंशी, सुमिक्षा खड्का, पुष्पा अधिकारी, दयाराम थापाले रचना सुनाएका थिए भने दृष्टिबिहिन संगीत शिक्षक रमेश सुवेदीको संगीतमा पुरस्कृत दृष्टिबिहिन बालिकाहरुले उत्कृष्ट गीत प्रस्तुत गरेका थिए ।
-अनलाईन खबर डटकमबाट साभार