04:20:00 GMT
News »
आलुको भाउ केही दिनमा घट्ने

काठमाडौ, असार १२ – आलुको भाउ केही दिनमै घट्ने व्यवसायीहरुले बताएका छन् ।
अब स्थानीय आलुको सिजन भएकाले भाउ घट्ने उनीहरुको भनाई छ । मकवानपुर र काभ्रे बनेपाको आलु भारत निर्यात हुन थालेपछि केही दिनदेखि आलुको भाउ बढेको छ ।खडेरीका कारण आलु साना फलेकाले मकवानपुर र बनेपाको आलु भारत निर्यात भएको बिक्रेताले बताएका छन् ।
भारतमा सानो आलुको माग बढ्दो छ । नेपालमा भने ठूलो आलुको माग भएकाले भुटान र भारतबाट दैनिकजसो ९० प्रतिशत आलु नेपाल भित्रने गरेको छ ।आलुमा प्रयोग गरिने औषधि र प्राबिधिक ज्ञानका अभावका कारण आलुको उत्पादकत्व घटिरहेको बिज्ञहरुले बताएका छन् । अरु बाली भन्दा आलुको प्रतिहेक्टर उत्पादन धेरै रहेको विज्ञहरुको भनाई छ ।
आलुको बार्षिक उत्पादकत्व प्रतिहेक्टर १३ दशमलव ३२ प्रतिशत छ ।थोरै जमिनमा लगाएर छोटो समयमा आलुबाट धेरै उत्पादन लिन सकिन्छ । वर्षेनी झण्डै एकलाख ८१ हजार ९ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । वर्षेनी २४ लाख २४ हजार ४८ मेट्रिकटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ । वर्षे तरकारीको उत्पादन बढेकाले बजारमा अरु तरकारीको भाऊ भने घट्न थालेको छ ।