04:20:00 GMT
News »
(रोचक प्रसँग) पैसाको लोभमा मान्छेले के गर्दैनन रहेछ र ?

यो घटना अमेरिकाको न्युयोर्कमा घटेको हो ! ५३ वर्षको थोमस पार्किन नामको पुरुषले आफ्नी मरिसकेकी आमाको मृत्युदर्ता नगरी ६ वर्षसम्म स्थानीय प्रशासनबाट लगातार वृद्धभत्ता थाप्दै आएका थिए । उनले मरिसकेकी आमाका कपडा लगाएर, महिलाको जस्तै भेष बनाएर प्रशासन कार्यालयमा वृद्धभत्ता बुझ्न जाँदा रहेछन् । महिनाको सात सय डलर वृद्धभत्ता तथा अपांग भत्ता समेतको लोभमा यस्तो दुस्साहस गरेका उनले ६ वर्षमा आमाको नामको सामाजिक सुरक्षा रकम वापतको १ लाख १५ हजार डलर बुझेका रहेछन् । आमा आइरिन प्रस्किन ७३ वर्षको उमेरमा सन् २००३ मै मृत्यु भैसकेको रहेछ ।

थोमसले सन् २००९ सम्म मृत आमाको भेष बनाएर वृद्ध भत्ता बुझिरहे । त्यसपछि भने उनी पक्राउ पर्ने डरमा आमाको वृद्धभत्ता बुझ्न गएनन् ।यद्यपि उनको कुकर्म धेरैदिन लुकेन । सरकारी अधिकारीहरुले सुराकीको आधारमा उनको उक्त कामको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरियो । उनीमाथि अदालतमा मुद्धा समेत चलाइएको छ ।